हिमालयन बैंक र यूनियन पेबीचको सहकार्यमा आरएमबी कार्ड सुरू

काठमाडौं । हिमालयन बैंकले युनियनपे आरएमबी कार्ड संचालनमा ल्याएको छ । बैंक र यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरूका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुरुवात गरेको हो । काठमाडौंमा एक कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणा तथा युनिएन पे इन्टरनेसनलका तर्फबाट उपाध्यक्ष ज्वाङ बेइले नेपालमा पहिलो पटक उक्त कार्डसेवाको शुभारम्भ गरे ।

सो कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका एटीएम, पीओएस, क्यूआर कोड एवं इकमर्श प्लेटफर्म मार्फत हुने कारोवारको चिनियाँ मुद्रा सिएनवाईमा नै सहज भुक्तानी गर्न सक्नेछन् । यसले बजारमा उपलब्ध अन्य उपकरणहरुको तुलनामा मितव्ययी हुने बैंकले जनाएको छ । व्यक्तिगत तथा संस्थागत भ्रमण गर्ने विद्यार्थी, व्यवसायी एवं पर्यटकले राष्ट्र बैंक विदेशी विनिमय विभागद्वारा स्वीकृत सीमासम्मको रकम युनियनपे आरएमबी कार्डमा लोड गरी युनियन पेको सञ्जालसंग आवद्ध अलिपे प्लस, वीच्याटपे, निहाओ चाइना जस्ता क्यूआर एवं अन्य माध्यम मार्फत समेत सीएनवाईमा नै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *