सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले सीमा समस्याबारे दिएको विवादित अभिव्यक्तिविरुद्ध नेकपा माओवादीले काठमाडौंमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री बालेनको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दैमाओवादीका कार्यकर्ताले शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले सुस्ताका देशभक्त नेपालीहरूलाई राज्यले सम्मान दिनुपर्ने, सीमाको रक्षाका लागि सरकार गम्भीर हुनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए । प्रदर्शनकारीहरूले सीमा अतिक्रमण बन्द गर, सुस्तामा भारतीयको हस्तक्षेपको प्रतिरोध गरौं, भौगोलिक अखण्डताको रक्षा गरौं लगायतका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । यस्तै, माओवादीले सीमाका विषयमा दिएको अभिव्यक्तिका विषयमा प्रधानमन्त्री बालेनले माफी माग्नुपर्ने माग पनि राखेको छ ।

















