एनआईसी एशिया बैंकका ग्राहकलाई फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशतसम्म छुट
एनआईसी एशिया बैंकका ग्राहकहरूले अब पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्। बैंक र अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित यी दुई लजबीच विशेष छुट सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ। सम्झौताअनुसार बैंकका ग्राहकहरूले फिस्टेल लज र जगतपुर लजमा खाद्य तथा पेय पदार्थ (Food & Beverage) मा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। साथै, आवासीय सेवामा कर्पोरेट दर (Corporate Rate) को सुविधा पनि उपलब्ध हुनेछ। यो सुविधा लिन ग्राहकहरूले एन आई सी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप ‘मोबैंक’ मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ। बैंकका अनुसार यस सहकार्यले ग्राहकहरूलाई गुणस्तरीय आतिथ्य सेवामा विशेष सहुलियत उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्ने र नगदरहित कारोबार विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
















