एन्फामाथि फिफाले लगायो प्रतिबन्ध

काठमाडौं । लामो समयदेखि राष्ट्रिय खेलकूद परिषदको नाममा भइरहेको चर्को हस्तक्षेप बालेन्द्र साहले रोक्न नसकेपछि अन्ततः अखिल नेपाल फुटबल संघ (एन्फा) विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा परेको छ । फिफाले हिजो (नेपाल समय अनुसार आज विहान) अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । जुन नेपालको फुटबल इतिहासकै सबैभन्दा कालोधब्बा सावित हुन पुगेको छ । फिफाले प्रजातान्त्रिक प्रक्रियाको लागि तत्काल निर्वाचन गर्न चेतावनी दिँदै आएको थियो भने राष्ट्रिय खेलकूद परिषदले एन्फालाई निर्वाचन गर्नबाट रोक्दै आएको थियो । यसअघिको सरकारको पालादेखि चल्दै आएको राखेप र एन्फा बीचको विवाद वर्तमान सरकारको नेतृत्व गरिरहेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहले समेत रोक्न सकेनन् ।

बिहिवार फिफाले एन्फामाथि प्रतिबन्ध लगाइरहँदा बालेन्द्र साह भने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन सकेर काठमाडौं आई चितवनको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्न व्यस्त थिए । सोही समयमा फिफाले एन्फामाथि प्रतिबन्ध लगाउने सचनाा आइरहेको थियो । फिफाले आफ्नो वेभसाईटमा राखेको स्टेटमेन्टमा एन्फाको सदस्य जुन २४ देखि लागू हुने गरी निलम्वन गरिएको र एन्फा अब आफ्नो सदस्य समेत नरहेको उल्लेख छ । साथै फिफाबाट पाउने सबै प्रकारको आर्थिक सहयोगहरु बन्द गरिएको उल्लेख छ । प्रतिबन्ध लगाएको अवधीमा एन्फाले कुनै पनि अन्तर्राष्ट्रिय प्रतिबन्ध खेल्न नपाउने समेत उल्लेख गरेकोछ । सरकारले एन्फाभित्र चरम राजनीति गर्दै आएको थियो । अहिलेको सरकारले पनि सोही कार्यलाई निरन्तरता दिँदा समस्या उत्पन्न भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *