ह्यारी केनको गोलमा इंग्ल्याण्ड अन्तिम १६ मा

काठमाडौं । डीआर कंगोलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको प्रि(क्वाटरफाइनलमा प्रवेश गरेको छ । डीआर कंगोलाई २-१ ले हराउँदै इंग्ल्याण्डले अन्तिम १६ को भिडन्त सुनिश्चित गरेको हो । खेलको पहिलो हाफमा डीआर कंगोले इंग्ल्याण्डलाई निकै दबाबमा राखेको थियो । पहिलो हाफको ७ औँ मिनेटमा डीआर कंगोका ब्रायन सिपेंगाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको ७५ औँ मिनेटमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल गर्दै नतिजा बराबरी गरे । खेलको ८६ औँ मिनेटमा गोल थप्दै उनले नतिजा २-१ मा पुर्‍याए । थपिएको ६ मिनेटमा कुनै टोलीबाट गोल हुन नसकेपछि इंग्ल्याण्ड विजयी भएको हो । अन्तिम १६ मा इंग्ल्याण्डले मेक्सिकोसँग खेल्नेछ । मेक्सिकोले इक्वेडरलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *