संघीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विभिन्न १३ वटा कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठक पनि आजै बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयक २०८३ का विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ ।

















