सेनेगल पराजित गर्दै बेल्जियम अन्तिम १६ मा
काठमाडौं । बेल्जियमविरुद्धको अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरिएको छ । खेलको पहिलो हाफको २४ औँ मिनेटमा हबिब डियराले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए । ५४ औँ मिनेटमा इस्माएला सारले गोल गर्दै नतिजा २(० मा पुर्याए । बेल्जियमका रुमेलो लुकाकुले खेलको ८५ औँ मिनेटमा गोल फर्काएका थिए ।
८६ औँ मिनेटमा यौरी टिएलम्यानले गोल गर्दै नतिजा २-२ को बराबरीमा पुग्यो । निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको १२५ औँ मिनेटमा सेनेगलका लेमिन केमेराले डिबक्स एरियामा फाउल गरे । भीएआर परीक्षणपछि रेफ्रीले बेल्जियमलाई पेनाल्टी दिए । यौरी टिएलम्यानले उक्त मौका सदुपयोग गर्दै गोल गरेपछि बेल्जियम सेनेगलविरुद्ध ३-२ ले विजयी हुनपुग्यो ।

















