पेनाल्टीमा अष्ट्रेलियालाई पराजित गर्दै इजिप्ट अन्तिम १६ मा

काठमाडौं । इजिप्ट विश्वकपको अन्तिम १६ मा पहिलोपटक प्रवेश गरेको छ । अष्ट्रेलियालाई पेनाल्टीमा पराजित गर्दै इजिप्ट प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको हो । अष्ट्रेलियालाई पेनाल्टीमा इजिप्टले ४-२ ले पराजित गरेको हो । अष्ट्रेलियाका ह्यारी सुतार र हेरिंगटने पेनाल्टीलाई सदुपयोग गर्न सकेनन् । इजिप्टका मोहम्मद सबिर, रेमी रबिया, मोहम्मद सलाह र होसम अब्देलगुदले पेनाल्टीमा गोल गरे । खेलको पहिलो हाफमा इजिप्टका इमाम असौरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५४ औँ मिनेटमा इजिप्टका मोहम्मद हेनीले आत्मघाति गोल गरेपछि खेल १-१ को बराबरीमा सकिएको थियो । निर्धारित ९० मिनेटमा कुनै पनि टोलीले गोल गर्न सकेनन् । त्यसपछि रेफ्रीले ३० मिनेट अतिरिक्त समय थप गरेका थिए । उक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो । अन्तिम १६ बाट विश्वकपको यात्रा अघि बढाउन इजिप्टले अर्जेन्टिना र केप भर्डेबीचको खेलबाट तय हुने विजेतासँग खेल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *