घट्यो सुन-चाँदीको भाउ
काठमाण्डौं । नेपाली बजारमा आज (सोमबार) सुन,चाँदीको मूल्य घटेको छ। आइतबार तोलामा ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो। यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा चार हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार तीन सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
















