मिटरब्याज पीडितलाई गृहमन्त्रीले निजगढ पुगेर भेटे
‘पैदल न्याय मार्च’मा जनकपुरधामदेखि काठमाडौं निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटेका छन् । बिहानै गृहमन्त्री गुरुङ भेट्न आउँदै छन् भन्ने खबर पाएपछि मिटरब्याज पीडित निगढमै रोक्किएका थिए । उनीहरुलाई भेटेर गृहमन्त्री गुरुङ मिटरब्याज पीडितको माग तथा समस्या समाधानका बारेमा संवाद गरिरहेका छन् । राति बास बसेको उद्योग वाणिज्य संघ निजगढको सभाल हलमा संवाद भइरहेको मिटरब्याज पीडितका नेता मनोज पासवानले जानकारी दिए ।
















