टेकनाथ रिजाललाई २ वर्ष कैद, २० हजार रुपैयाँ जरिबाना
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई दोषी ठहर गरेको छ । अदालतले रिजाललाई दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको हो । न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकाहरूलाई सजाय निर्धारण गरेको हो ।
















