नेपाल लाइफद्वारा १३ अर्ब बढी प्रथम बिमाशुल्क आर्जन

काठमाडौं । २५ वर्षको गौरवमय यात्रामा नेपाल लाइफ इन्स्योरेन्सले १३ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपालको जीवन बीमा उद्योगमा यो ऐतिहासिक कीर्तिमानी रकम हो । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित नेपाल लाइफले आफ्नो २५ वर्षको गौरवमय यात्राका अवसरमा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै कायम गरेको ऐतिहासिक उपलब्धिलाई यस वर्ष अझ उचाइमा पुर्‍याउन सफल भएको छ।

यस ऐतिहासिक सफलताका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीलाई निरन्तर मार्गदर्शन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक, नेपाल लाइफप्रति अटल विश्वास राखेका सम्पूर्ण बीमित, बीमा अभिकर्ता, कर्मचारी, सेयरधनी, नियामक निकायप्रति आभार व्यक्त गरे । ‘२५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै आएको यस कम्पनीले प्राप्त गरेको यो ऐतिहासिक उपलब्धिले नेपालको जीवन बीमा उद्योगमा नयाँ मानक स्थापित गरेको छ’ उनले भने । कम्पनीले आगामी दिनमा अझ थप प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा, नवीन बीमा योजना, प्रभावकारी लगानी व्यवस्थापन, कर्मचारी तथा अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा विश्वस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *