सरकार कहाँ, के गर्दै छ ? –  सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठकमा सुनसरी घटनाबारे पार्टीले भूमिकाबारे जानकारी गराएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राखेको सर्वपक्षीय बैठकबाट बाहिरिएका थापाले नेपाली जनताको साझा प्रयत्नबाट आर्जन भएको पुँजीलाई जोगाइराख्नुपर्ने बताए । “धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तरनिहित शक्ति हो । कसैले बरदान दिएको होइन । साझा प्रयत्नबाट आर्जन गरेको पुँजी हो । यसलाई जोगाइराख्नुपर्छ ।

यसका निम्ति कसैले आवेग, उत्तेजना नआइकन धैर्यता र संयमतासाथ संवाद गर्नुपर्छ,” सर्वदलीय बैठकपछि गगनले भने । सुनसरी घटनाबारे सबै नागरिक, राजनीतिक सबैलाई आह्वान गर्नुपर्ने विषय राखेको जानकारी दिए । अवाञ्छिक क्रियाकलाप हुने क्षेत्रमा पूर्वसजकता अपनाउन आग्रह गरे । उनले सरकार कहाँ छ भन्दै प्रश्न गरे । “यतिबेला सरकार के गर्दै छ, सरकार कहाँ छ । सरकार केवल बन्दुकको गोली र लाठीमा मात्रै भेटिनुहुँदैन । सरकार स्टाटसमा मात्रै सीमित हुनु हुँदैन,” गगनले भने, “सरकार भनेको अभिभावक मात्रै होइन, लिडर पनि हो । उसले अरुलाई विश्वास गर्न सक्नुपर्छ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *