सानिमा जीआईसी इन्स्योरेन्सको बीमा कोष र पूँजीमा उत्साहजनक वृद्धि

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा आफ्नो बलियो पहिचान बनाएको सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्ममा आधारभूत वित्तीय सूचकहरूमा सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको चुक्ता पूँजी, बीमा कोष र खुद बीमा शुल्क आर्जन जस्ता सूचकहरूमा सकारात्मक वृद्धि देखिएको छ । कम्पनीको चुक्ता पूँजी ५ प्रतिशतले वृद्धि भई २ अर्ब २५ करोड ७५ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १५ करोड रुपैयाँ मात्र थियो । कम्पनीको बीमा कोष ६.२७ प्रतिशतले बढेर ४ अर्ब ३६ करोड १९ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष यस्तो कोष ४ अर्ब १० करोड ४७ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षमा कम्पनीले ८३ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ जुन अघिल्लो वर्षको ७६ करोड ४२ लाख रुपैयाँको तुलनामा ९ प्रतिशतको उत्साहजनक वृद्धि हो । यस्तै कम्पनीले १ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष १ अर्ब १६ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै महाविपत्ति कोषमा पनि १४.१५ प्रतिशत वृद्धि गरी ५ करोड २४ लाख रुपैयाँ पुर्‍याएको छ । कम्पनीले गत आवमा १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आवको ३३ करोड ६७ लाख रुपैयाँको तुलनामा ६१.३९ प्रतिशतले कम हो । अघिल्लो वर्षको तुलनामा दाबी भुक्तानी र खर्चमा भएको वृद्धिका कारण खुद नाफामा दबाब देखिएको हो । कम्पनीको प्रतिशेयर नेटवर्थ १४७.३३ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर आम्दानी ५.७७ रुपैयाँ रहेको छ । कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात ५.८५ प्रतिशतमै यथावत रहेको छ । यस कम्पनीले ३ अर्ब ६५ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *