एमालेका किरण थापा मगर बागमती मुख्यमन्त्री नियुक्त हुँदै

काठमाण्डौं । नेकपा एमालेका सांसद किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुने भएका छन्। उनले बुधबार एमाले, नेकपा र राप्रपासहितको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए। प्रदेश प्रमुख कार्यालयले आज विज्ञप्ति निकालेर किरण थापा मगरलाई अपराह्न ४ बजेर ५ मिनेटमा मुख्यमन्त्री नियुक्त गरिने र ४ बजरेर २० मिनेटमा शपथको कार्यक्रम रहने जानकारी दिएको छ।

राप्रपाले पार्टी बागमती प्रदेश संसदीय दल नेताले दिएको समर्थन पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई आग्रह गरे पनि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीमा राप्रपासहितको समर्थनमा किरण थापा मगरलाई नियुक्त गर्न लागेका हुन्। बागमतीमा सरकार बनाउन बहुमतका लागि ५३ सांसद चाहिनेमा एमाले र नेकपालाई २ सांसद अपुग थियो। १२ सांसद रहेको राप्रपा संसदीय दल नेताले समर्थन जनाएपछि बहुमत पुगेको थियो। राप्रपा ३ मन्त्रालय लिएर सरकारमा सामेल हुने भएको छ। सरकारमा सहभागी हुने कुराले राप्रपाभित्र भने विवाद निम्त्याएको छ। राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिबाट हाल सरकारमा नजाने निर्णय गरेको थियो। उक्त निर्णय बागमतीमा कार्यान्वयन भएन। अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी निर्णय विपरीत कदम चाल्नेहरूमाथि अनुशासन कारबाही गरिने चेतावनी दिइरहेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *