कांग्रेस महाधिवेशन रोक्न देउवा र खड्का रिट लिएर पुगे सर्वोच्च

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन् । सोमबार (भदौ ८) देउवा र खड्का भिन्नाभिन्नै रिट लिएर सर्वोच्च पुगेका हुन् । वारेसमार्फत भिन्नाभिन्नै रूपमा पेस गरिएका यी रिटमाथि अध्ययन भइरहेको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले बताए । “रिट पेस भएको छ । दर्ता हुने,नहुने विषयमा अध्ययनपछि निर्णय हुन्छ,” प्रवक्ता कोइरालाले भने ।

गएको शुक्रबार (भदौ ५) यही विषयमा देउवाले दिएको रिट कार्यालय सकिने बेला ‘करेक्सन’ गर्ने भन्दै सर्वोच्चबाट फिर्ता लगिएको थियो । ०८२ पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएको थियो । सर्वोच्चको संयुक्त इजलासले पनि त्यसलाई सदर गरेको थियो । तर, देउवा समूहकै निवदेनका आधारमा सर्वोच्च यसअघिको फैसला पुनरवलोकन अघि बढाइएको छ । यस्तो अवस्थामा महाधिवेशन प्रक्रिया रोक्नुपर्ने देउवा र खड्काको माग छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *