मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक

काठमाण्डौं । मोटोरोलाले चौधरी ग्रुपसँगको सहकार्यमा नयाँ स्मार्टफोन मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले फोनको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ। ललितपुरको लबिम मलस्थित क्यूएफएक्स सिनेमाजमा आयोजित कार्यक्रममा मोटोरोलाका कन्ट्री हेड हरि ओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एससी साबुले स्मार्टफोन सार्वजनिक गरेका हुन्। नयाँ एज ७० फ्युजनमा ५० मेगापिक्सेलको सोनी एलवाईटी ७१० क्यामेरा दिइएको छ। यसमा ‘मोटो एआई’, ७,००० एमएएच क्षमताको ब्याट्री र ६८ वाट टर्बोपावर चार्जिङ सुविधा रहेको कम्पनीले जनाएको छ। फोनमा १४४ हर्ज रिफ्रेस रेटसहितको १.५के क्वाड,कर्भ्ड डिस्प्ले दिइएको छ। यसको डिस्प्ले ब्राइटनेस अधिकतम ५,२०० निट्ससम्म पुग्ने कम्पनीको दाबी छ। स्मार्टफोन प्रिमियम फेब्रिक फिनिस र प्यान्टोनद्वारा छनोट गरिएका विभिन्न रङमा उपलब्ध हुनेछ। कम्पनीले नेपाली चलचित्र ‘मास्टर्नी’सँगको सहकार्यमा स्मार्टफोन सार्वजनिक गरेको हो। कार्यक्रममा चलचित्रको विशेष प्रदर्शनसमेत गरिएको थियो। कार्यक्रममा ‘मास्टर्नी’का कलाकार तथा निर्माण टोलीसँगै अभिनेत्री प्रियंका कार्कीको उपस्थिति थियो। त्यस्तै, देशभरका डिलर, रिटेलर, इन्फ्लुएन्सर तथा विभिन्न क्षेत्रका प्रतिनिधि कार्यक्रममा सहभागी भएको कम्पनीले जनाएको छ। मोटोरोला एज ७० फ्युजन अगस्ट २९ देखि नेपालभर बिक्री सुरु हुने कम्पनीले जनाएको छ। मोटोरोलाका स्मार्टफोन नेपालमा चौधरी ग्रुपको वितरण सञ्जालमार्फत बिक्री हुँदै आएका छन्। कम्पनीले बिक्रीसँगै वितरण तथा सेवा केन्द्रको सुविधा पनि उपलब्ध गराइरहेको जनाएको छ। मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक, मूल्य ६९ हजार ९९९ रुपैयाँ मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ, यसको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ। फोनमा ५० मेगापिक्सेल सोनी एलवाईटी ७१० क्यामेरा, ७,००० एमएएच ब्याट्री, ६८ वाट टर्बोपावर चार्जिङ र १४४ हर्जको १.५के क्वाड,कर्भ्ड डिस्प्ले उपलब्ध छ। नयाँ स्मार्टफोन अगस्ट २९ देखि चौधरी ग्रुपको वितरण सञ्जालमार्फत नेपालभर उपलब्ध हुने कम्पनीले जनाएको छ। मोटोरोलाले चौधरी ग्रुपसँगको सहकार्यमा नयाँ स्मार्टफोन मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले फोनको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ।

ललितपुरको लबिम मलस्थित क्यूएफएक्स सिनेमाजमा आयोजित कार्यक्रममा मोटोरोलाका कन्ट्री हेड हरि ओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एससी साबुले स्मार्टफोन सार्वजनिक गरेका हुन्। नयाँ एज ७० फ्युजनमा ५० मेगापिक्सेलको सोनी एलवाईटी ७१० क्यामेरा दिइएको छ। यसमा ‘मोटो एआई’, ७,००० एमएएच क्षमताको ब्याट्री र ६८ वाट टर्बोपावर चार्जिङ सुविधा रहेको कम्पनीले जनाएको छ। फोनमा १४४ हर्ज रिफ्रेस रेटसहितको १.५के क्वाड,कर्भ्ड डिस्प्ले दिइएको छ। यसको डिस्प्ले ब्राइटनेस अधिकतम ५,२०० निट्ससम्म पुग्ने कम्पनीको दाबी छ। स्मार्टफोन प्रिमियम फेब्रिक फिनिस र प्यान्टोनद्वारा छनोट गरिएका विभिन्न रङमा उपलब्ध हुनेछ। कम्पनीले नेपाली चलचित्र ‘मास्टर्नी’सँगको सहकार्यमा स्मार्टफोन सार्वजनिक गरेको हो। कार्यक्रममा चलचित्रको विशेष प्रदर्शनसमेत गरिएको थियो। कार्यक्रममा ‘मास्टर्नी’का कलाकार तथा निर्माण टोलीसँगै अभिनेत्री प्रियंका कार्कीको उपस्थिति थियो। त्यस्तै, देशभरका डिलर, रिटेलर, इन्फ्लुएन्सर तथा विभिन्न क्षेत्रका प्रतिनिधि कार्यक्रममा सहभागी भएको कम्पनीले जनाएको छ। मोटोरोला एज ७० फ्युजन अगस्ट २९ देखि नेपालभर बिक्री सुरु हुने कम्पनीले जनाएको छ। मोटोरोलाका स्मार्टफोन नेपालमा चौधरी ग्रुपको वितरण सञ्जालमार्फत बिक्री हुँदै आएका छन्। कम्पनीले बिक्रीसँगै वितरण तथा सेवा केन्द्रको सुविधा पनि उपलब्ध गराइरहेको जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *