दुःखको बेला सरकारको साथमा छौँ – सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले दुःखको बेला सरकारको साथमा रहेको बताएका छन् । केन्द्रीय समितिको बैठकपछि उनले यस्तो बताएका हुन् । “दुःखको बेलामा सरकारको साथमा छौँ,” उनले भने, “सबै नागरिक एकढिक्का भएर विपद् सामना गर्नुपर्छ । मिथ्या सूचना फैलाउने काम गर्दैनौँ । संकटको बेलामा सरकारको साथमा छौँ । स्थानीय सरकारलाई पनि हामीले जहाँ पर्छ त्यहाँ साथ दिनुपर्छ ।”

















