पद्‌म ज्योति समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग

काठमाण्डौं । आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पद्म ज्योति समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ योगदान गरेको छ । समूहले विपद्‌बाट प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा प्रदान गरेको जनाएको छ । पद्म ज्योति समूहले बाढीबाट प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रको शीघ्र पुनःस्थापनाको कामना गरेको छ । साथै, विपद्को यस कठिन घडीमा प्रभावित समुदायलाई सहयोग गर्न आफ्नो सामाजिक उत्तरदायित्वअनुरूप योगदान गरेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *