भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले रसुवा जिल्लामा भोटेकोसी नदीमा बाढीको बहाब बढेको जनाएको छ । महाशाखाले जिल्ला प्रशासन कार्यालय रसुवालाई उद्धृत गर्दै हाल नुवाकोटमा बाढी केही बढेको जानकारी दिएको छ । आइतबार बिहान ५स्४५ बजेको अपडेज जारी गर्दै महाशाखाले रसुवा, नुवाकोट, धादिङसम्म ठूलो बाढीको जोखिम नरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोसी नदीमा बाढीको बहाव बढेको प्राप्त सूचना अनुसार हाल नुवाकोटमा बाढी केही बढेको तर ठूलो नरहेको हुँदा यसै सूचनालाई आधार मानी हाललाई रसुवा, नुवाकोट, धादिङसम्म नदी आसपासको क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको जानकारी गराउदछौँ,ू पौने ६ बजेको अलर्टमा महाशाखाले भनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *