सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड ५१ लाख आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ । रसुवाको भोटेकोसी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद् परिस्थितिप्रति गहिरो संवेदना व्यक्त गर्दै उक्त सहयोग गरेको हो ।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध सिद्धार्थ बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याउने विश्वासका साथ उक्त रकम कोषमा उपलब्ध गराएको हो । यस विपद्का कारण ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माप्रति बैंक परिवार श्रद्धाञ्जली अर्पण गर्दछ तथा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ, बैंकले भनेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनर्स्थापना र सामान्य जनजीवन पुनर्बहालीका लागि भइरहेको सरकारी तथा सरोकारवाला निकायहरूको प्रयास सफल होस् भन्ने कामना गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *