चाँगुनारायण साहित्यिक समाजको नवौ साधारण सभा सम्पन्न,नयाँ कार्यसमिति चयन

भक्तपुर । चाँगुनारायण साहित्यिक समाजको नवौ साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । अक्सफोर्ड कलेज सल्लाघारीमा अध्यक्ष लालबहादुर भुजेलको सभापतित्वमा साहित्यकार सुशीला प्रधानाङगको प्रमुख आतिथ्य र डाक्टर इन्दुल केसी , शंकर मानन्धरको आतिथ्यमा भएको थियोे । धरणिधर गुरागाँईको स्वागत मन्तव्यपछि अध्यक्ष कोषाध्यक्ष र सचिवको प्रतिवेदन सभाले पारित गरेसँगै अतिथि इन्दुल केसी र शंकर मानान्धरले शुभकामना मन्तव्य राख्नु भएको थियोे । आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण पश्चात प्रमुख अतिथि प्रधानले चागुनारायण साहित्यिक समाज उत्तरोत्तर प्रगति हुँदै जाओस् भनेर शुभकामना व्यक्त गर्नुभएको थियोे । अध्यक्ष भुजेलले दधिराम गेलालको संयोजकत्वमा,पदम दाहालसहित तीन सदस्य निर्वाचन मण्डलको घोषणा गर्दै अघिल्लो कार्यसमिति भङ्ग गरेसँगै प्रथम चरणको कार्यक्रम समापन गर्नुभएको थियोे ।

प्रथम चरणको कार्यक्रम सचिव जुनु घिमिरेले सञ्चालन गर्नुभएको थियोे । निर्वाचन मण्डलले दोस्रो चरणको कार्यक्रम संस्थाको विधान विधि र प्रकृया बमोजिम सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा गरिएको थियोे । जस अनुसार अध्यक्ष रामशरण न्यौपाने , उपाध्यक्ष विश्वनाथ ढुङ्गेल,,सचिव धरणिधर गुरागाई ,कोषाध्षक्ष बिके माकजु सदस्य सालिकराम दाहाल, सदस्य डिल्लिप्रसाद मुलतिहुन त्यसैगरि बाँकी सदस्यको आवेदन नआएकोले निर्वाचित समितिले पदपूर्ति गर्न सभाले खनुमति दिएको थियोे । निर्वाचन मण्डलका संयोजक दधिराम गेलालले नव निर्वाचित कार्यसमितिलाई सपथग्रहण गराए पश्चात् नव निर्वाचित अध्यक्ष रामशरण न्यौपानेले अघिल्लो कार्यसमितिले गरेको कार्यको प्रशंसा गर्दै धन्यवाद दिनुभएको थियोे । त्यसपछि सभा समापन भएको थियोे । अन्त्यमा तत्कालिन अध्यक्ष लाल बहादुर भुजेलले केही खातापाताहरु नव निर्बाचित अध्यक्ष रामशरण न्यौपानेलाई हस्तान्तरण गर्नु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *