नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त

केन्याका विदेश तथा डायस्पोरा मामिला मन्त्रिपरिषद सचिव मुसलिया मुड्वडीले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका छन् । यस कठिन घडीमा, केन्या गणतन्त्र सरकारले नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई सम्बोधन गर्दै, त्यहाँका विदेश तथा डायस्पोरा मामिला मन्त्रीपरिषद् सचिव डा मुसलिया मुड्वडीमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । “विनाशकारी बाढीको पीडा केन्याले पनि भोगेको हुनाले, हामी नेपालका जनतासँग ऐक्यबद्धता प्रकट गर्दछौं—जसमा हामीले गुमाएकाहरू प्रति शोक व्यक्त गर्नुका साथै आफ्नो जीवन पुनःनिर्माण गरिरहेकाहरूको दृढताको सम्मान पनि गर्दछौं” सन्देशमा उल्लेख गर्दै उनले दुःखको यस घडीमा नेपालसँग ऐक्यबद्धता गर्दछौं” सन्देशमा उल्लेख गर्दै उनले दुःखको यस घडीमा नेपालसँग ऐक्यबद्धता रहेको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *