एभरेष्ट बैंकको ३२औं वार्षिक साधारण सभा आह्वान, १५ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । एभरेष्ट बैंकले ३२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले प्रस्तावित लाभांश पारित गर्ने एजेण्डासहित वार्षिक साधारणसभा आह्वान गरेको हो । बैंकको सञ्चालक समितिले आगामी असोज १४ गते सोमबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा ३२औं साधारणसभा आह्वान गरेको हो ।

बैंकको सधारणसभाले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश सहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । १४ असोजमा बोलाएको साधारणसभाले सञ्चालक समितिले प्रस्तव गरेको उक्त लाभांश पारित गर्नेछ । बैंकको अन्य एजेण्डाहरुमा बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, लेखापरिक्षण प्रतिवेदन गत आबको नाफा नोक्सान हिसाब र वासलात तथा नगद प्रवाह विवरण समेत पारित गर्नेछ । लाभांश र साधारण सभा प्रयोजनका लागि बैंकले असोज १ गते ‘बुकक्लोज’ गर्ने निर्णय गरेको छ । भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरु मात्र लाभांश प्राप्त गर्नेछन् भने सधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *