बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगे राष्ट्रपति पौडेल
त्रिशूली (नुवाकोट) । राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा पुगेका छन् । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनको क्रममा राष्ट्रपति पौडेल श्री नं १ सैन्य तालिम केन्द्र विदुर नुवाकोट पुगेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनको क्रममा श्री नं १ सैन्य तालिम केन्द्र, विदुर नुवाकोटमा जिल्लास्थित उनले सुरक्षा निकाय एवं यहाँको सरोकारवालाहरुसँग वर्तमान अवस्थाका बारेमा जानकारी लिएका छन् । उनले बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुनोत्र्थानलगायतका विषयमा जानकारी लिँदै प्रभावित क्षेत्र र होल्डिङ सेन्टरको अवलोकन गरेका छन् ।

















