साधारणसभा सम्पन्न गर्ने पहिलो बैंक बन्यो कामना सेवा, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको साधारणसभा २०८३ साल भदौ ३१ गते आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सम्पन्न भएको हो। बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले अग्राधिकार सेयरधनीहरूलाई अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि आनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२।८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब तथा सोही आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले पारित गरेको छ। त्यसैगरी, सभाले बाह्य लेखापरीक्षकका रूपमा एन बी ए एस एम एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ। साधारणसभामा सेयरधनीहरूले राखेका जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए। सेयरधनीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकले निरन्तर रूपमा दोहोरो अङ्कमा लाभांश वितरण गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा संस्थालाई दिगो र सबल बनाउने प्रतिबद्धता व्यक्त गरे।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *