भबिष्य साकोसको १७ औं साधारण सभा तथा छैठौं अधिबेशन सम्पन्न

भक्तपुर । सुर्यविनायक नगरपालिका, वडानं.३, देवडोल, बालकोटस्थित भविष्य बचत तथा ऋण सहकारी संस्था लि. को १७ ओें साधारणसभा तथा छैठौं अधिवेशन संस्थाको अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठको सभापतित्व तथा संस्थाका सल्लाहकार राजकुमार कार्कीको प्रमुख आतिथ्यमा म थि न पा ४, शंखधर चोकस्थित शंखधर पार्टी भेन्युमा सम्पन्न भयो । अतिथिहरू क्रमशः संस्थाका सल्लाहकारहरू लालबहादुर खडका, प्राविधिक सल्लाहकार जनक श्रेष्ठ र शेयर सदस्य एवं कार्यपालिका सदस्य हेमा दाहाल खतिवडा उपस्थित सो सभामा संस्थाका सचिव विश्वनाथ ढुङ्गेलबाट आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३।८४ को वार्षिक कार्ययोजना र कोषाध्यक्ष गङ्गाराम श्रेष्ठले आर्थिक वर्ष २०८२।८३ को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८३।८४ को लक्षय तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सभामा सम्मान कार्यक्रम अन्तर्गत संस्थाका शेयर सदस्यहरू मध्ये महिला र पुरूष दुईजना जेष्ठ शेयर सदस्यहरू क्रमशः महिला तर्फ गिता अधिकारी र पुरूषतर्फ गोविन्दराम शर्मालाई भविष्य जेष्ठ शेयर सदस्यको सम्मानपत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने संस्थाको बचतकर्ताहरू मध्येबाट बचतकर्ता मञ्जु बस्नेत र ऋणी सदस्यहरू मध्येबाट सुचना कार्कीलाई क्रमशः भविष्य असल बचतकर्ता र भविष्य असल ऋणी सदस्यको कदरपत्रका साथै पुरस्कारद्वारा कदर गरिएको थियो । त्यस्तैगरि शैक्षिकसत्र २०८२ को एस ई ई परिक्षामा सफल शेयर सदस्यहरूका सन्ततिलाई पनि पुरस्कारका साथै मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो । कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा संस्थाका सदस्य एवं ऋण उपसमितिका संयोजक बलराम खडकाले संस्थाबाट लगानी गरिने ऋणको प्रकृया तथा सदुपयोगमा जोड दिनुभयो भने शेयर सदस्यहरूको तर्फबाट बोल्नु हुँदै अतिथि हेमा दाहाल खतिवडाले संस्थाले गरेको प्रगतिको सह्राहना गर्नुका साथै नवनिर्वाचित भई आउनुहुने पदाधिकारीहरूलाई सफल कार्यकालको कामना तथा अग्रिम बधाई ज्ञापन गर्नुभएको थियो । शुभकामना मन्तव्यकै क्रममा प्रमुख अतिथि राजकुमार कार्कीले संस्थाको ऋण लगानीलाई विस्तार गर्न नयाँ,नयाँ कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभएको थियो । अन्तमा सभाध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठले साधारणसभाको महत्वबारे प्रकाश पार्नु हुँदै नयाँ,नयाँ नीति निर्देशनहरूले गर्दा सहकारी संस्था सञ्चालनमा कठिनाइ आउनसक्ने शंका व्यक्त गर्नुहुँदै सभामा उपस्थित सम्पूर्ण सदस्य महानुभावहरूलाई धन्यवाद व्यक्त गर्नुका साथै पहिलो सत्रको समापन भएको घोषणा पनि गर्नुभयो । दोश्रो सत्रमा असोज ३ मा फणीन्द्र शंकर घिमिरेको संयोजकत्वमा गठित तीन सदसिय निर्वाचन उपसमितिले संस्थाको निर्वाचन कार्यविधि, २०७९ अनुसार प्रकृया पुरागरी तोकिएको समयभित्र उम्मेदवारी नाम दर्ता भएका उम्मेदवारहरूको उम्मेदवारीमा कसैले दाबी बिरोध नगरेको हुनाले तपसिल बमोजिमका पदाधिकारीहरू निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।
सञ्चालक समिति तर्फ
१, अध्यक्ष पदमा तेजबहादुर च्वामु श्रेष्ठ,
२, उपाध्यक्ष पदमा सरस्वती घिमिरे,
३, सचिव पदमा विश्वनाथ ढुङ्गेल,
४, कोषाध्यक्ष पदमा गङ्गाराम श्रेष्ठ
५, सदस्य पदमा क्रमशः उध्दव प्रसाद घिमिरे, बलराम खडका,अनिता भट्टराई, तोक बहादुर श्रेष्ठ, यशोदा देवी नेपाल, लेखा सुपरिवेक्षण समितितर्फ संयोजक पदमा शान्तिराम वली,सदस्यहरूमा क्रमशः सुनिता केसी, ३, अर्जुन बहादुर श्रेष्ठ रहेका छन । उक्त समारोहमा निर्वाचन उपसमितिका सदस्यहरू गोपाल खत्री र नगर प्रतिनिधि सदस्य कल्पना श्रेष्ठद्वयबाट नव निर्वाचित पदाधिकारीहरूलाई टीका तथा खादा लगाईदिँदै बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो भने संयोजक फणीन्द्र शंकर घिमिरेबाट सबै पदाधिकारीहरूलाई गोपनियताको सपथ खुवाउनु हुँदै बधाईका साथै नयाँ कार्यभार सुम्पनु भएको थियो । शेयर सदस्यहरूले खचाखच भरिएको उक्त सभालाई व्यवस्थित र मर्यादित बनाउका लागि उपाध्यक्ष सरस्वती घिमिरे, व्यवस्थापक लक्ष्मीपुष्पा भट्टराई, कार्यालय सहायक उर्मिला भट्टराई लगायत उपसमितिका सदस्यहरूले सक्रियताका साथ सहजकर्ताको भुमिका निभाउनु भएको थियो भने संस्थाका उपाध्यक्ष सरस्वती घिमिरेले स्वागत मन्तब्य राख्नु भएको थियो, साथै संस्थाका सचिव विश्वनाथ ढुङ्गेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *