एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

काठमाण्डौं । नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार उनले पुरुष ७५ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन्। सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो। यसअघि भुटानमा भएको १६औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा उनले ८० केजीतर्फ स्वर्णपदक जितेका थिए। उक्त प्रतियोगितामा नेपालले तीन स्वर्ण, तीन रजत र एक कास्यसहित सात पदक जितेको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *