कुमारी बैंकका ग्राहकलाई महाराजा रिसोर्टमा छुट

काठमाडौं । कुमारी बैंक बुटवल स्थित महाराजा रिसोर्टबीच सम्झौता भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई रिसोर्टको सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नविन मुनि बज्राचार्यले तथा महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट र क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ्ग र फुडिङ्ग शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *