टोयोटा र एनआईसी एसिया बैंकबीच वित्तीय सहकार्य, ५.९९ प्रतिशत ब्यादरमा अटो लोन

काठमाडौँ । दसैंको मुखमा टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय सुविधा सार्वजनिक भएको छ। नेपाला टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिेकट प्रालि (यूटीएस) र एनआईसी एसिया बैंकबीच वित्तीय सुविधासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। समझदारीपत्रमा यूटीएसका नायब महाप्रबन्धक (सेल्स एन्ड मार्केटिङ) रेखा शाह एनआईसी एसिया बैंकका प्रमुख व्यापार अधिकृत अमित केसीले हस्ताक्षर गरेका छन्।

वित्तीय सहकार्यअन्तर्गत ग्राहकले सात वर्षसम्म ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा अटो लोन प्राप्त गर्न सक्नेछन्। यस सहकार्यअन्तर्गत ऋण प्रशासन शुल्कमा २५ बेसिस प्वाइन्टसम्म छुट समेत उपलब्ध हुनेछ। यो सुविधा बैंकको ऋण नीति तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित निर्देशनअनुसार लागू हुनेछ। दसैंलक्षित यस विशेष योजनाले ग्राहकलाई सहज वित्तीय पहुँच प्रदान गर्दै आफ्नो रोजाइको टोयोटा सवारीसाधन खरिद प्रक्रिया थप सरल बनाउने कम्पनीले अपेक्षा लिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *