श्री बज्रवाराही साकोसको १७औं वार्षिक साधारणभा सम्पन्न

मकवानपुर । थाहा नगरपालिका बज्रबाराहीमा रहेको श्री बज्रवाराही साकोसको १७औं वार्षिक साधारणभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष फणीन्द्रनाथ सुवेदीको अध्यक्षतामा सम्पन्न सभाले संस्थाको आ व २०८३।८४ को नीति कार्यक्रम,बजेट लगायतका १७ वटा प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । सभामा अध्यक्ष सुवेदीले प्रतिवेदन पेश गर्दैै २०६६ सालमा २८ जना युवाहरुबाट स्थापना भएको संस्थामा हालसम्म आइपुग्दा २ हजार ४२८ जना सदस्य पुगेको जानकारी दिए । सदस्यहरुको विश्वासका कारण संस्थाले वित्तीय कारोबारलाई क्रमशः वृद्धि गर्दै लगेको र जिल्लाका विभिन्न संघसंस्थाहरुबाट समेत संस्था पुरस्कृत भएको उनको भनाई छ।

संस्था नेफ्स्कूनले सञ्चालन गरेको प्रोबेसन कार्यक्रममा सहभागि भइ संस्थागत सुधारमा लागि परेको भन्दै उनले पशुपालनतर्फ ४।९९ प्रतिशत व्याजदरमा नै कर्जा लगानी गरेको उल्लेख गरे । संस्थाले विभिन्न सदस्यमुखी कार्यक्रम सञ्चालनमा ल्याएको र सदस्यहरुलाई बढीभन्दा बढी सुविधा दिन लागि परेको उनले जनाए। संस्थाको आर्थिक वर्ष २०८२।८३ को असार मसान्तसम्म शेयर पुँजी २ करोड २५ लाख, बचत संकलन २१ करोड ६ लाख, ऋण लगानी २३ करोड २० लाख गरी कुल सम्पत्ति २८ करोड ७७ लाख पुगेको छ । सभामा सचिव रविन्द्रप्रसाद विडारी वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुरेन्द्र गोपालीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । संस्थाले गत आर्थिक वर्षमा ४४ लाख ९६ हजार खुद नाफा आर्जन गरेको छ। सभामा ६ विधामा १२ जना सदस्यहरुलाई नगद तथा प्रमाणपत्रले पुरस्कृत गरेको थियो भने एकसय कित्ता भन्दा माथि शेयर खरिद गर्ने सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । सभामा करिब ७० प्रतिशत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *