साउदीका लागि प्रस्तावित राजदूत सुनारलाई सांसदको प्रश्न– तपाईंमाथिको आर्थिक आरोप के हो ?
काठमाडौं । सांसद मधुकुमार चालागाईंले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि लागेको महिला हिंसा र आर्थिक अनियमितताका बारेमा प्रश्न गरेका छन् । बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनले महिला हिंसा र आर्थिक अनियमितताका बारेमा प्रस्तावित राजदूत सुनारलाई प्रश्न गरेका हुन् । “तपाईं उपर महिलासँगको घरेलु हिंसाको आरोप छ ललितपुर प्रहरीमा,” चौलागाईंले भने, “करोडौँ असुल गर्नुभयो प्रहरी बढुवा, सांसद पद मिलाउने भनेर । तपाईंमाथि लागेको आर्थिक आरोप के हो ?” चौलागाईंले सुनारलाई ‘हाम्रो नेपाल पार्टी’को केन्द्रीय सदस्यको आबद्धता तोड्को हो वा होइन स्पष्ट पार्न पनि आग्रह गरेका थिए । तोडेको भए कहिले तोडेको हो जवाफ दिन उनले भनेका थिए । प्रश्न गर्ने क्रममा चौलागाईंले जर्मनबाट डिपोर्ट भएको विषय पनि उठाएका थिए । “तपाईं जर्मनबाट डिपार्ट भएको हो कि होइन ?” उनको प्रश्न थियो ।
















