हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर
काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले आफ्नो रेडी-टु-ड्रिंक (आरटीडी) अल्कोहलयुक्त पेय पदार्थ ब्रान्ड प्यासन कूलरमा नयाँ लेमोनेड फ्लेभर सार्वजनिक गरेको छ । यसअघि कोला फ्लेभरमा उपलब्ध प्यासन कूलरले नयाँ लेमोनेड फ्लेभरमार्फत आफ्नो स्वादको विविधता विस्तार गरेको कम्पनीले जनाएको छ । नयाँ उत्पादनमा कागती र लाइमको सिट्रस स्वाद, लेमोनेडको मिठास तथा कार्बोनेसनको संयोजन रहेको छ । ५ प्रतिशत अल्कोहल बाइ भोल्युम (एबीभी) रहेको प्यासन कूलर लेमोनेड २७५ एमएलको पारदर्शी बोतलमा उपलब्ध छ ।
यसको मूल्य प्रतिपोतल २०० रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार, रेडी-टु-ड्रिंक स्वरूपमा रहेको यो पेय पदार्थ सेवन गर्नुअघि थप मिसाउन वा तयार गर्नुपर्ने आवश्यकता पर्दैन । नेपालको पहिलो रेडी-टु-ड्रिंक अल्कोहलयुक्त पेय पदार्थका रूपमा परिचित प्यासन कूलरले नयाँ फ्लेभरको सुरुवातसँगै उपभोक्ताका लागि स्वादको थप विकल्प प्रस्तुत गरेको कम्पनीले जनाएको छ । प्यासन कूलर लेमोनेड नेपालभरका खुद्रा बिक्री केन्द्र, रेस्टुरेन्ट तथा अन्य तोकिएका बिक्री केन्द्रमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

















