कांग्रेस काभ्रे सभापति लामा केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी १५औं महाधिवेशनअन्तर्गत आदिवासी–जनजाति खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । केन्द्रीय निर्वाचन समितिका अनुसार लामाले सर्वाधिक चार हजार ८५ मत प्राप्त गरेका छन् । उनसँगै डा। प्रेमध्वज लामा दुई हजार ७४७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । आदिवासी–जनजाति खुलातर्फ १२ पदका लागि ४१ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये ई अनुप श्रेष्ठ दुई हजार ७९१, अमृत गुरूङ एक हजार ८३९, कर्म छिरिङ शेर्पा दुई हजार ५९४ र गेल्जे लामा शेर्पा एक हजार ९५१ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका छन् । निर्वाचन समितिका अनुसार टेकप्रसाद गुरूङ २२८०, वंशलाल तामाङ १८८४, बुद्ध लामा २०७९, भीम श्रीसमगर २२०९, रामकृष्ण चित्रकार २१६२ र सुशील गुरूङ १७९८ मतसहित निर्वाचित भएका छन् । आदिवासी–जनजाति क्लस्टरतर्फको सहमहामन्त्रीमा बहादुरसिंह लामा निर्वाचित भइसकेका छन् । उनी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पनि हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *