कृषि विकास बैंकले सञ्चालनमा ल्यायो अवरुद्ध अनलाइन सेवा
काठमाडौं । कृषि विकास बैंकले आफ्ना सम्पूर्ण बैंकिङ सेवाहरू पुनःसञ्चालनमा आएको जनाएको छ । बैंकका अनुसार, विश्वव्यापी रूपमा वेब प्रविधि (पीएसपी२ शेल) मा देखिएको साइबर सुरक्षा जोखिमलाई मध्येनजर गर्दै केही अनलाइन सेवाहरू अस्थायी रूपमा बन्द गरिएको थियो । बन्द गरिएका वेबसाइट लगायतका प्ल्याटफर्महरू ‘पीएचपी अपग्रेडेड भर्सन’मै रहेकोले कुनै असर नपरेको बैंकले जनाएको छ । साथै आवश्यक प्राविधिक सुरक्षा जाँच पूर्ण रूपमा सम्पन्न भइसकेकाले सम्पूर्ण बैंकिङ सेवाहरू पुनः सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ । साथै बैंकले आफ्नो अनलाइनबाट खाता खोल्ने सुविधालाई भने नयाँ संस्करण अपग्रेडको प्रक्रियामा रहेकाले अझ परिष्कृत रुपमा निकट भविष्यमा पुनः सञ्चालनमा ल्याइने जनाएको छ ।

















