कामना सेवा विकास बैंकको नाफा १७ प्रतिशत बढ्यो

काठमाडौं । कामना सेवा विकास बैंकको चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासमा २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १६.९९ प्रतिशत बढी हो । समीक्षा अवधिमा बैंकले ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी १.४३ प्रतिशत बढी हो । चालु आवको असोज मसान्तसम्ममा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी ११ करोड २ लाख ३६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ७४ करोड ५८ लाख ८४ हजार रुपैयाँ, सञ्चालन नाफा ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख ६७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १५.७६ प्रतिशत रहेको छ । ४ अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको २ अर्ब २२ करोड ८३ लाख ८७ हजार रुपैयाँ जगेडा कोष रहेको छ । गत असोजसम्म बैंकले ६७ अर्ब ९० करोड ४७ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ३४ करोड ५३ लाख ३३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत वर्षको सोही अवधिमा बैंकले ६६ अर्ब १७ करोड ७५ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब २० करोड ३८ लाख ७१ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप २.६० प्रतिशत र कर्जा ३.९५ प्रतिशत बढेको हो । बैंकको प्रतिसेयर आम्दानी २०.४६ रुपैयाँबाट बढेर २३.१३ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १६१.८४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २०.५८ गुणा रहेको छ । समीक्षा अवधिमा बैंकले खराब कर्जा (एनपीएल) घटाएको छ । गत वर्षको असोजमा ४.४१ प्रतिशत रहेकोमा चालु आवको असोजमा घटेर ३.९३ प्रतिशतमा झारेको छ । जसकारण गत वर्षको असोजमा ११ करोड ६ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज चालु आवको असोजमा घटेर ४ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *