भाटभटेनी सुपरमार्केटले अघि सार्‍यो ईभी योजना

काठमाडौं । भाटभटेनी सुपरमार्केटले कम्पनीका लागि आवश्यक पर्ने ढुवानीका साधन अब विद्युतीय प्रयोग गर्नेअघि योजना अघि बढाएको छ । सोही योजनाअनुरुप १२ वटा सामान ढुवानी गर्ने विद्युतीय सवारी भित्र्याएको जनाएको छ । दैनिक १८० पटकभन्दा बढी भाटभटेनीका गाडी ओहोरदोहोर गर्ने हुँदा अब विस्तारै ईभीतर्फ अघि बढेको अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए । विश्वबजारमा ईभीको बढ्दो अवस्था, विश्वबजारमा इन्धनको बढ्दो मूल्य, नेपालमै उत्पादन भएको बिजुली खपत र सरकारले पनि ईभीलाई प्राथमिकतामा राखेकाले आफूहरुले पनि ईभीमै जोड दिएको गुरुङले जानकारी दिए ।

उनले भाटभटेनीले ग्राहकको बारीसम्मै पुगेर तरकारी र फुलफुल खरिद गरिरहेको बताउँदै विद्युतीय गाडीमार्फत् ढुवानी गर्दा लागत पनि सस्तो पर्ने र त्यसको सीधा फाइदा ग्राहकलाई हुने बताए । “हामीसँग पहिला पनि विद्युतीय सवारी थिए,” उनले भने, “अहिले सामान ढुवानी गर्ने साना गाडी पनि विद्युतीय नै लियौँ । अब विस्तारै डिजेल र पेट्रोल गाडी विस्तापित गरी बिजुली गाडीमै जोड दिनेछौँ ।” उनले फोटोनका १२ वटा साना सवारी लिएर त्यसको सुरुवात गरेको बताए । “अब ठूला ट्रक आए भने हामी पहिला ट्रकमै जान्छौँ । अध्यक्ष गुरुङका अनुसार भाटभटेनीसँग अहिले पनि कम्तिमा १६० बढी गाडीहरु दैनिक ओहोर दोहोर गर्छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *