पहिला देश भन्ने सिद्धान्त केन्द्रमा राखेर अघि बढौं – वरिष्ठ उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले कांग्रेस केन्द्रीय कार्यसमितिको शपथ लिइरहँदा कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन् । उनले आधुनिक, बदलिएको र बलियो कांग्रेस बनाएर समुन्नत नेपालको यात्रामा जान सबैको समान जिम्मेवारी रहेको उल्लेख गरे ।

संस्थागत, स्वाभिमानपूर्वक र सभापतिले बनाउने कार्ययोजना बमोजिम तोकिएको भूगोल र जिम्मेवारीमा रहेर काम सम्पादन गरी समयमै केन्द्रीय कार्यालयमा रिपोर्ट बुझाउनुपर्ने उनले बताए । त्यस्तै, उनले आफूमाथि उठ्ने आलोचना र प्रश्नहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै गलत कुराको खण्डन स्वस्थ र विधिवत प्रक्रियाबाट गर्नुपर्नेमा जोड दिए । वरिष्ठ उपसभापति शर्माले परिवर्तनको गम्भीर समस्यासँग जुध्नका लागि नव–निर्वाचित केन्द्रीय कार्यसमितिले सरकारसँग राम्रो ढङ्गले सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले सभापति गगन थापाको नेतृत्वमा संस्थागत, व्यवस्थित तथा प्रभावकारी टिम स्पिरिटका साथ अघि बढ्ने उल्लेख गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *