गगन थापाले गभर्नरलाइ भने- अर्थतन्त्रलाइ कसरी सुल्झाउन सकिन्छ ?

काठमाण्डौं । अर्थतन्त्र कमजोर हुन थालेको र देश श्रीलंकाको वाटोमा हिडेको भनेर अभिब्यक्ति दिएकै दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गभर्नर महाप्रसाद अधिकारीलाइ भेटेका छन । उनले अधिकारीलाइ भेटेर देशको खराव अर्थतन्त्रलाइ कसरी सुल्झाउन सकिन्छ भनेर छलफल गरेका छन ।

उनले तरलता अभाव हटाउने,महंगी नियन्त्रण गर्ने,मुद्रा सञ्चिती वढाउने लगायतका विषयमा कुरा गरेको वताएका छन । उनले भनेका छन-नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको छु ।

शुक्रवार महामन्त्री थापाले गभर्नरलाइ भेटेर अर्थतन्त्र उकास्ने वाटोमा जान के के उपाय गर्न सकिन्छ भनेर कुरा गरेका खुलाएका छन । संसदको चालु बजेट अधिवेशनमा नै देशको अर्थतन्त्र सुधारको लागि उपाय अपाउन थापाले पहल गरेको वताइन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *