सभापति देउवाले दिए यादवलाई प्रमुख सचेतक र विश्वकर्मालाई सचेतककाे जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई जिम्मेवारी तोकेको छ । नवनियुक्त प्रमुख सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले दुवैजनालाई आज सो जिम्मेवारी दिएका हुन् । 

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन् ।  सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि दुबै पद रिक्त थियो । रिक्त पदमा  संसदीय दलका नेताले देउवामा बुधवार नयाँ नियुक्ति गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *