महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने


काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले एक अर्ब रुपैयाँको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले ऋणपत्र दश वर्षका लागि निकाल्ने भएको छ । ऋणपत्रमा ११ प्रतिशत ब्याज पाइने छ । यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त गरेको छ ।
उक्त ऋणपत्र मध्ये ६० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बैंकले आफै विभिन्न संघ संस्थालाई बिक्री गर्ने छ भने ४० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारणका लागि निष्कासन गर्ने छ । बैंकले प्रदेश १ मा ५, मधेश प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ सहित १ सय ३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *