आइएमई जनरलद्वारा विपन्न क्यान्सरका बिरामीका लागि साढे २ लाख सहयोग


काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग गरेको छ । कम्पनीले कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगीको निस्शुल्क उपचार गरिरहेको नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई साढे २ लाख रुपैयाँ सहयोग गरेको हो ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा बच्चु कैलाश कैलीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे । रेग्मीले हस्पिटलले गर्दै आएको पुण्यको काममा आइएमई जनरल इन्स्योरेन्स संलग्न हुन पाउँदा खुशी भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *