विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला


काठमाडौं । देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् । सप्तरीको राजबिराज नगरपालिका–४ गोरखाली टोलमा सोही ठाउँ बस्ने ४५ वर्षीय मंगलु दास शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–४ छापडाँडा बस्ने ४८ वर्षीया सानो कान्छी भोलन आफ्नै घरभित्र शनिबार मृत अवस्थामा फेला परेकी छन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ खुङ्ग्रीकोटस्थित खुङ्ग्री महिला सामुदायिक वनमा खुङ्ग्रीकोट बस्ने ७९ वर्षीया लक्ष्मी कुमारी सिंह शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

गत बुधबारदेखि घरबाट निस्किएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त वनमा उनको शव फेला परेको हो । रामेछापको मन्थली नगरपालिका–१४ स्थित खोल्सामा सोही ठाउँ बस्ने ५४ वर्षीय पञ्चलाल तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।

गत सोमबारदेखि हराइरहेका उनको खोजी गर्ने क्रममा उक्त खोल्सामा शव फेला परेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–१३ धनगढीस्थित सडक छेउमा सोही उपमहानगरपालिका–१३ राजपुर बस्ने ३५ वर्षीय छिता राना शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मुडियारीस्थित कुलोमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका–४ धनुष सागरको पूर्वी किनारमा हाल पहिचान नखुलेका पुरुष गएराति मृत अवस्थामा मृत फेला परेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *