सानिमा बैंकमा नारी बचत खाता खोल्ने ग्राहकलाई छुटै छुट


काठमाडौं । सानिमा बैंकले तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुले डेबिट÷क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिमकार्ड, युएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क पाउनेछन् ।
ग्राहकले लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्नुको साथै पहिलो इवोएस कारोबारमा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना भदौ १ गतेदेखि १५ गतेसम्म र क्यासब्याक योजना भदौ मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *