एक जोडी युवायुवती मृत अवस्थामा फेला


काठमाडौँ । एक जोडी युवायुवती बैतडीमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको सिगास गाउँपालिका– ५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक रहेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिएका छन् ।

उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएका अवस्थामा फेला परेका हुन् । मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ । मृतक दुवैजना अविवाहित रहेका र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *