सुजुकीको एभेनिस स्कुटर बजारमा


काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रता भिजी अटोमोबाइल्सले नेपालमा सुजुकी एभिनिस स्कुटर सार्वजनिक गरेको छ । एक कार्यक्रम गर्दै कम्पनीले सुजुकी एभिनिस स्कुटर सार्वजनिक गरेको हो
भिजि अटोमोबाइल्सका प्रबन्ध निर्देशक निकुन्ज अग्रवाल, सुजुकी मोटर्स इण्डियाका सासबैंक तल्वार र भिजीकै धिरज भट्टराईले संयूत्त रुपमा सुजुकी एभेनिस सार्वजनिक गरेका थिए । आकर्षक डिजाइन र मोडर्न फिचर्सले भरिएको सुजुकी एभिनिस स्कुटर नयाँ जेनेरेसनलाई लक्षित गरी बजारमा ल्याइएको प्रबन्ध निर्देशक अग्रवालले बताए । स्कुटर बजारमा माग राम्रो भएको कारण यो स्कुटर ल्याएको कम्पनीका कर्मचारी कृतन क्षेत्रीले बताए ।

पावर, पर्फमेन्स र स्टाइललाई विशेष ध्यान दिएर बनाइएको यो स्कुटर स्पोर्टी क्याटोगोरीमा हुनुको साथै विभिन्न फिचर्सले भरिएको छ । यसको नयाँ फिचर्समा एड्भास्सड स्पोर्ट स्टाइलिङ, बडी माउण्ड ब्राइट एलइडी हेडल्याम्प फ्रन्ट फ्युल बक्स विथ युएसबी स्कुटर, एक्सटर्नल फ्युल क्याप लार्ज अण्डरसिट स्टोरेज स्पेस र मोटरसाइकल इन्सपायरड रियर इन्डिकेटर्स रहेका छन् । कम्पनीले यस स्कुटरको मुल्य २ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको कम्पनीले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *