आइएमई पेको क्युआर डे विथ आइएमई पे अफर पुनः सुरू

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पेले गएको असारमा संचालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुन ः सार्वजनिक गरेको छ । सो अफर यहिँ शुक्रबार १० गते हुने कम्पनीले जनाएको छ । पुरानो संस्करण जस्तै यो पटक पनि प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एपमार्फत भुक्तानी गर्दा दिनभरिमा १०% छुट (अधिकतम रू. १०० सम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

१ दिनको लागिमात्र लागु हुने यो अफरमार्फत अझ धेरै नयाँतथा सम्भावित प्रयोगकर्ताहरुलाई आइएमई पे प्रयोग गरी डिजिटल भुक्तानी गर्न र त्यस्तैमाध्यमको प्रयोगमा अभ्यस्त बनाइ विद्युतीय भुक्तानीलाई प्रोत्साहन दिने कम्पनीले विश्वास राखेको छ ।अघिल्लो समय जस्तै यस अफरमा पनि पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासव्याक पाउँनेछन् भने पियर्स टु पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यास व्याक नपाउने आईएमई पेले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *