सामसङका टिभी नेपालमै उत्पादन हुने


सामसङ टिभी अर्को वर्षदेखि नेपालमै उत्पादन हुने भएको छ । कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा नवलपरासीको भूमेरोडमा बन्ने सामसङ टिभीको फ्याक्ट्री शिलान्यास भएको छ । नवलपरासीमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले फ्याक्ट्रीको शिलान्यास गरे । फ्याक्ट्री सन् २०२३ मै सञ्चालनमा ल्याउने नेपाली साझेदार एवम् गोल्छा अर्गानाइजेसनका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए । फ्याक्ट्रीको क्षमता दैनिक एक हजार टिभी उत्पादन गर्ने हुनेछ । सामसङ दक्षिण कोरियाको प्रविधिकको सुपरभिजनमा सञ्चालनमा आउने फ्याक्ट्रीमा १ सय ५० जनाले तत्काल प्रत्यक्ष रोजगारी पाउने छन् ।
केही दिनमै उद्योगको फिटङ सुरु हुने नेपाली लगानीकर्ता एवम् गोल्छा अर्गानाइजेसनका अध्यक्ष गोल्छाले बताए । सामसङ इलेक्ट्रोनिक्ससँगको २२ वर्ष लामो व्यापार साझेदारीले नेपालमै फ्याक्ट्री बनाउने वातावरण बनेको भन्दै गोल्छाले धन्यवाद पनि ज्ञापन गरे ।
कार्यक्रममा सामसङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सीईओ केन काङले लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससँग मिलेर फ्याक्ट्री स्थापना गर्न लागेको बताए । नयाँ एलईडी टिभी कारखाना नेपाली जनता प्रतिको बढ्दो विश्वास एवम् मायाको प्रतीक भएको उनले बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही, सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष एचके पार्कसामसङ लगायतको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *