चितवन–१ मा आगामी निर्वाचनमा संघीय मन्त्रीदेखि प्रत्यक्षतर्फ पीएचडीधारी कांग्रेसका तीन नेताको आकांक्षा
आगामी निर्वाचनमा चितवन क्षेत्र नम्बर १ मा संघीय संसदमा प्रत्यक्षतर्फ कांग्रेसका तीन जना पीएचडी गरेका नेताहरुले आकांक्षा देखाएका छन् ।
जसमा सरकारका राज्यमन्त्री उमेश श्रेष्ठ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, योजना आयोगकै पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्ले र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा तीर्थ खनिया रहेका छन् । क्षेत्र नम्बर १ मा नै स्थानीय नेताहरु राजेन्द्र बुर्लाकोटी र भीमप्रसाद थपलियाको पनि प्रत्यक्षतर्फ आकांक्षा रहेको छ । सोही क्षेत्रमा एमालेबाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र एमालेका नेता जेएन थपलियाले आकांक्षा राखेका छन् भने एकीकृत समाजवादीबाट प्रदेश मन्त्री कृष्ण खनालले आकांक्षा राखेका छन् । कुन दलबाट कसले टिकट पाउँछ अबको केही दिन कुर्नुपर्ने हुन्छ । तर यस क्षेत्रमा सरकारका राज्यमन्त्री उमेश श्रेष्ठको बढी चर्चा रहेको छ ।