अग्नी ग्रुपको नयाँ २ एस सर्भिस सेन्टर दमकमा


काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले दमकमा २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ । दमकमा हाल संचालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीको लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो २ एस सर्भिस सेन्टरको उद्घघाटन दमक नगरपालिकाका मेयर राम थापा, उपमेयर रेगिना भट्टराई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले संयुक्त रुपमा गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *